यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
६१ पटक हेरिएको
Shares
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व

सारांश

  • यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजस्व संकलन गरेको छ ।
  • गएको आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षक गरी २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
  • सबैभन्दा धेरै सवारीसाधन करतर्फ १६ करोड ६७ लाख ४० हजार २ सय ९० रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।

१२ साउन, पाल्पा ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजस्व संकलन गरेको छ । गएको आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षक गरी २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै सवारीसाधन करतर्फ १६ करोड ६७ लाख ४० हजार २ सय ९० रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।

त्यस्तै सवारी दस्तुरतर्फ दुई करोड ७४ लाख ४८ हजार ५ सय रुपैंयाँ संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानीतर्फ २५ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ भने आयकरतर्फ ५१ लाख ४० हजार १ सय रुपैयाँ संकलन गरेको प्रमुख घिमिरेले बताए । आर्थिक वर्ष २०७९।८० मा १८ करोड ८४ लाख ८५ हजार ७९० संकलन भएकामा गत आर्थिक वर्षमा १ करोड ३४ लाख ३५ हजार १०० राजस्व बढी संकलन गर्न सफल भएको कार्यालय प्रमुख घिमिरेले बताए । सेवा विस्तार र सेवाग्राही बढेसँगै विगतका वर्षहरुमा भन्दा राजस्व बढ्दो रुपमा संकलन गरिएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।

यो कार्यालयमा पाल्पासँगै गुल्मी, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् । कार्यालयबाट सवारी चालक अनुमती पत्र, ब्लु बुक नवीकरण, रुट परमिट नवीकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने र दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र वितरणलगायतका काम हुँदै आएको छ । यातायात व्यवस्था सेवा कार्यालय २०७१ मंसिर १० गतेदेखि पाल्पामा सुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक