१२ श्रावण २०८२, आईतवार

वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग

११ साउन, काठमाडौं । 

नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गर्नुभएको हो । राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले  राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो । यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो । र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ । त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु । राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्ँिकदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ ।

सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन । र टेबुलमुनिबाट कारोबार हुन्छ रे भन्ने पनि सुन्नमा आएको छ । यो एउटा गम्भीर समस्या हो । ’सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?