बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी

सारांश

  •     हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
  • हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

१० साउन, काठमाडौं ।   

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन