सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

सारांश

  • सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ ।
  • कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
  • तर, कुल ५३ करोड ७३ लाख १७ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ठाकुर आचार्यले जानकारी दिए ।

८ साउन, सर्लाही ।

सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ । कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कुल ५३ करोड ७३ लाख १७ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ठाकुर आचार्यले जानकारी दिए ।

गत आवमा जम्मा ९१.४३ प्रतिशत राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ६७ करोड ३९ लाख ९४ हजार रुपैयाँको लक्ष्यमा ४८ करोड ६९ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको थियो । त्यस हिसाबले अघिल्लो वर्षको तुलनामा गत आवमा करिब ५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

भन्सार कार्यालयका अनुसार सर्लाही नाकाबाट धान, चामल, आलु, प्याज, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ । त्यस्तै, सोयाबिन तेल, पलाई, काठ, छड लगायतका वस्तुहरूको निकासी समेत हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पक्राउ
वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पक्राउ
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन