अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने

सारांश

  • प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ।
  • पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यस्तो निर्णय गरिएको हो।

८ साउन, काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ। पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यस्तो निर्णय गरिएको हो। मातहतका सबै युनिटमा यो परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए। गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरेको थियो।

सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको घिमिरेले बताए। प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै