भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ

सारांश

  •   नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्वित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागि भएको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
  • प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्वनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गर्नुभएको हो ।
  • गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागि हुनुभएको थियो ।

७ साउन, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्वित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागि भएको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्वनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गर्नुभएको हो ।

गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागि हुनुभएको थियो । सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्वित सांसदले सरकारी कार्यक्रममा सहभागि हुनु संसद र जनमतको अपमान भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारकी कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्वनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो ।

साथै शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला समेत हो । त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो ? जान्न चाहान्छु । प्रमुख जिल्ला अधिकारी भनेको अख्तियारको जिल्ला प्रमुख पनि हो । त्यसैले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई कार्यक्रमको उपस्थिति बनाइएको मात्र सरकोकारवाला सबैको ध्यानाकर्षण गर्दै सरकारसँग जवाफ पनि माग गर्न चाहन्छु । ’ उहाँले विपद्जन्य घटनाहरु बढिरेको उल्लेख गर्दै सडक यातायात खुलाउन तथा प्रभावितको जीवन रक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई
कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै