तीन महिनामा २३ सय बढी विपद्जन्य घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना

सारांश

  • गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपद्जन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् ।
  • कुल पाँच सय १२ जना घाइते भएका छन् भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।

६ साउन, काठमाडौं ।

गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपद्जन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन् भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।

उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्‍याएको उनले बताए । त्यसै गरी पहिरोका दुई सय सात घटनामा नौ र भारी वर्षाका एक सय तीन घटनामा दुई जनाको मृत्यु भएको छ । चट्याङका दुई सय २९ घटनामा २८, सर्प दंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको मृत्यु भएको छ ।  यस्तै, हुरी बतासका दुई सय ७३ घटनामा आठ, जनावर आक्रमणका एक सय २१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि उहाँले बताए ।

अन्यमा र डढेलोका एक सय ५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिना पानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ । ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ । यस्तै पहिरोले दुई ४१, भारी वर्षाले पाँच सय ४७, चट्याङले दुई सय ६४, सर्प दंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ ।  डढेलोबाट २७, हुरी बतासबाट पाँच सय ३१, जनावरको आक्रमणबाट एक सय ८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिना पानी र हुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार
प्रतिनिधि सभा को बैठक आज पनि बस्दै
प्रतिनिधि सभा को बैठक आज पनि बस्दै
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
भूमि विधेयक प्रतिनिधिसभामा पेस
भूमि विधेयक प्रतिनिधिसभामा पेस
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’