आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
८५ पटक हेरिएको
Shares
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च

सारांश

  • नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ ।
  • सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
  • यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।

१ साउन, काठमाडौं ।

नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् ।

उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले लक्ष्यको ८२५ मात्र बजेट खर्च गर्न सकेको छ । उक्त आवमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो । असार मसान्तसम्म खर्च भने मात्र १५ खर्ब २३ अर्ब १० करोड बराबर भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो ।पुँजीगत खर्च अहिले पनि दयनीय रह्यो । तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब मात्र भयो । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत मात्र खर्च हुन सकेको महालेखाको तथ्यांक छ । सरकारको आम्दानी र खर्चका बीचमा तीन खर्बमाथिको खाडल देखिएको छ । जसको पूर्तिका लागि आन्तरिक तथा बाह्र ऋण उठाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग जापानी राजदूतले गरे भेट
प्रधानमन्त्रीसँग जापानी राजदूतले गरे भेट
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
प्रतिनिधिसभा बैठक आज बस्दै 
प्रतिनिधिसभा बैठक आज बस्दै 
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...