काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु

३२ असार, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ । राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो ।

सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए । महानगरपालिकाले २९ असारमा नगरसभामा बजेट पेस गरेको थियो । महानगरले आजै बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता समेत रहेको छ ।




Post Comment