प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरु छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गर्नुभएको बताउनुभएको छ ।
  • पत्रकार सम्मेलनका क्रममा सिंहदरबारमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको भन्ने आरोप निराधार रहेको बताउनुभएको हो ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरु प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाउनुभएको थियो ।

३२ असार, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरु छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गर्नुभएको बताउनुभएको छ । पत्रकार सम्मेलनका क्रममा सिंहदरबारमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको भन्ने आरोप निराधार रहेको बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरु प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाउनुभएको थियो । आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको नभनेको बताउनुभएको थियो । त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ । यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरु हुनसक्ने भन्दै अनुसन्धान शुरु गरिसकेको छ । प्रधामन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोह सम्बन्धमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसदमा प्रश्न गर्नुभएको माननीयज्युले एक खालको आत्मलोचना गर्नुभएको छ । मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ । प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो । सम्माननीय प्रधानमन्त्रीज्युको आचारविधि नै छ । कति जना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ ।’
मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचिबाट बाहिर रहेर गएका तर नफर्किएकाहरुको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताउनु भयो । प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया