प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
४६ पटक हेरिएको
Shares
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

सारांश

  • घुस लिएको आरोपमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
  • उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।
  • मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

काठमाडौँ । घुस लिएको आरोपमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

केही दिनअघि गुप्ताको घुस लिँदै गरेको भनिएको अडियो सार्वजनिक भएपछि उनी चौतर्फी आलोचना र दबाबमा परेका थिए। विपक्षी दलहरूले राजीनामासहित कानुनी कारबाहीको माग गर्दै आएका थिए।

सार्वजनिक भएको अडियो रेकर्डिङअनुसार, गत पुस-माघतिर उनले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिको विषयमा काम गरिदिने भन्दै रकम लिएका थिए। अडियोमा पोखराको जग्गासम्बन्धी कुराकानीसमेत समेटिएको छ।

गुप्तामाथि विभिन्न मालपोत कार्यालयका कर्मचारीसँग फोनमार्फत ‘सहयोग’ माग्ने र मागअनुसार नमान्दा अन्तर मन्त्रालय सरुवा गरिदिने धम्की दिने गरेको आरोप पनि छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने