चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा

सारांश

  • वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् ।
  • यस वर्षको वर्षामा चन्द्रागिरि– १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् ।
  •   यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताइन् ।

२८ असार, काठमाडौँ।

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि– १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् ।  यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताइन् । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो ।

‘नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लास्टिक पठाइएको छ’, अर्यालले भनिन् । वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए । खासगरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू–क्षयलगायतको समस्या देखिएको उनले बताए ।

आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभाबी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताइन् । वडा नं ५ स्थित राधाकृष्ण टोलमा झन्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ । नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् ।

वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इन्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिए । वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताए ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि रु तीन करोड बजेटमा व्यवस्था गरिएको जानकारी दिए । दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इञ्जिनिरिङ गर्न खोजिएको उनले बताए । ‘जथाभाबी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड