९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
२७ असार, काठमाडौं ।
बैंकिङ कसुर मुद्दामा ९० लाख रुपैयाँ बिगो कायम भएका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका २४ घर भएका वर्ष अन्दाजी २८ को धर्मेन्द्र कुमार पटेल रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जनाएका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment