भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
८० पटक हेरिएको
Shares
भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या

सारांश

  • रुसका यातायातमन्त्री रोमन स्टारोभोइटले पदबाट बर्खास्त गरिएको केही घन्टाभित्र आत्महत्या गरेका छन् ।
  • भ्रष्टाचारको आरोप लागेपछि उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेका थिए ।
  • गोलीको चोट लागेको अवस्थामा स्टारोभोइटको शरीर एउटा निजी गाडीभित्र भेटिएको थियो ।

२४ असार,रुस ।

रुसका यातायातमन्त्री रोमन स्टारोभोइटले पदबाट बर्खास्त गरिएको केही घन्टाभित्र आत्महत्या गरेका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेका थिए । गोलीको चोट लागेको अवस्थामा स्टारोभोइटको शरीर एउटा निजी गाडीभित्र भेटिएको थियो । रुसको इन्भेस्टिगेटिभ कमिटीकी प्रवक्ता स्वेत्लाना पेत्रेन्कोले प्रथम दृष्टिमा यो आत्महत्याको घटना भएको बताइन् ।

स्टारोभोइटको शरीर स्थानीय समयनअनुसार सोमवार अपराह्न ३ बजे मस्कको बाहिरपट्टि रहेको ओडिन्तसोभोस्थित मालेभिच पार्कमा फेला परेको थियो । उनले उपहारमा पाएको माराकोभ पिस्तोल पनि टेस्ला गाडीभित्र उनीसँगै थियो । यातायातमन्त्री बन्नुअघि स्टारोभोइट कुर्स्क क्षेत्रका गभर्नर थिए । उनले सन् २०२२ देखि २०२४ सम्म कुर्स्कमा प्रशासन चलाउँदा रक्षा क्षेत्रमा निर्माणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनलाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेर सोधपुछ गर्न खोजेको थियो तर त्यसअघि नै उनले आत्महत्या गरे ।

सन् २०२४ अगस्टमा युक्रेनले कुर्स्क क्षेत्रमा विशाल आक्रमण गरेर त्यहाँको ठूलो भूभागमा नियन्त्रण कायम गरेको थियो । रुसले गत अप्रिल महिनासम्ममा सबै युक्रेनी सैनिकहरूलाई त्यहाँबाट भगाएर त्यसलाई पुनः आफ्नो नियन्त्रणमा लिइसकेको छ । तर, युक्रेनले कुर्स्कमा आक्रमण गर्न लागेको सूचना समयमै संकलन गर्न नसकेको भनी स्टारोभोइटको आलोचना भएको थियो । स्टारोभोइटलाई यातायातमन्त्रीबाट हटाइएपछि आन्द्रे निकितिनलाई कार्यवाहक यातायातमन्त्री बनाइएको छ । उनी पहिला नोभगोरोद क्षेत्रमा गभर्नर भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित
प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
पहिरोमा बेपत्ता बालकको श*व फेला
पहिरोमा बेपत्ता बालकको श*व फेला