‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
२१ असार, काठमाडौं ।
‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थाको तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरिएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबीच शनिबार (असार २१) छलफलपछि विशेष समिति बनाउने निर्णय गरिएको हो ।
बैठकबारे जानकारी दिँदै नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुई/दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एकजना गरी सात सदस्यीय समिति गठन गरिएको बताए । समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment