१ हप्तामा ३५ जनालाई कोरोना संक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
१ हप्तामा ३५ जनालाई कोरोना संक्रमण

सारांश

  • पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।
  • ​ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
  • हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।​ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए । उनले भने, ‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडीटी विधिबाट परीक्षण भइरहेको छ ।’कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ । उनले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन/आइसोलेसन’मा बस्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प