Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र

सारांश

  •   देशको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारभित्रै चोरी हुनु सामान्य होइन ।
  • त्यसमा पनि झोलामा राखेर लैजाने चिज नभइ गाडी नै हराएको विषय यतिबेला चर्चामा छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी सिंहदरबार भित्रैबाट हराएको हो ।

२० असार, काठमाडौं । 

देशको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारभित्रै चोरी हुनु सामान्य होइन । त्यसमा पनि झोलामा राखेर लैजाने चिज नभइ गाडी नै हराएको विषय यतिबेला चर्चामा छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी सिंहदरबार भित्रैबाट हराएको हो । मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो–एस फोर सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

मन्त्रालयबाटै गाडी हराएपछि उक्त गाडी खोजिदिन उसले प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंलाई पत्र पठाएको छ । मन्त्रालयले असार १५ गते गाडी हराएको भन्दै सचिवस्तरीय निर्णय गरेर खोजीका लागि पत्राचार गरिएको हो । ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन असार १५

गतेको (नेपाल सरकार सचिवस्तर) निर्णय अनुसार अनुरोध गरिन्छ’ पत्रमा भनिएको छ । गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पत्र पठाइएको बताए । उनले यसबारे अहिलेसम्म प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जानकारी दिएका छन् । श्रम मन्त्री शरत्सिंह भण्डारीले भने हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको र गाडी प्राप्त भइसकेको दाबी गरेका छन् । मन्त्रीले भने गाडी हराएको नभइ केही व्यक्तिले स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृ*त्यु
कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृ*त्यु
देशभर जारी भयो कर्फ्यू आदेश
देशभर जारी भयो कर्फ्यू आदेश