साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?

सारांश

  • नवजात शिशु जन्मिएको ६ महिनासम्म नियमित रुपमा स्तनपान मात्रै गराउनुपर्छ ।
  • शिशु ६ महिना पुगेपछि स्तनपानसँगै अन्य स्वस्थ पौष्टिक तत्व भएका खानेकुरा खुवाउनुपर्छ ।
  • यद्यपि नेपालमा ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहार पूर्णमात्रा नखुवाएको पाइएको छ ।

काठमाडौँ । नवजात शिशु जन्मिएको ६ महिनासम्म नियमित रुपमा स्तनपान मात्रै गराउनुपर्छ । शिशु ६ महिना पुगेपछि स्तनपानसँगै अन्य स्वस्थ पौष्टिक तत्व भएका खानेकुरा खुवाउनुपर्छ । यद्यपि नेपालमा ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहार पूर्णमात्रा नखुवाएको पाइएको छ ।स्वास्थ्यकर्मीहरूका अनुसार शिशु र साना बालबालिका स्वस्थ रहन गुलियो खानेकुरा र पेय पदार्थ नभइ फलफूल र तरकारीजस्ता स्वस्थकर खानेकुरा खुवाउनुपर्ने हुन्छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ देखि २३ महिना उमेर समूहका ४३ प्रतिशत बालबालिकालाई गुलियो पेय पदार्थ खुवाएको पाइएको छ । त्यस्तै, ६९ प्रतिशत बालबालिकालाई धेरै चिनी, नुन वा बोसो युक्त अस्वस्थ्यकर खाना खुवाएको पाइएको छ । एक तिहाइ बालबालिकालाई कुनै पनि किसिमको फलफूल वा तरकारी नदिइएको पाइएको छ ।

बालबालिकालाई कुपोषणबाट जोगाउन ६ महिना पूरा भएपछि पुरक आहारा खुवाउन सुरु गर्नुपर्छ । नेपालमा ६–८ महिनाका ८५ प्रतिशत बालबालिकालाई ठोस, अर्ध ठोस र नरम खाना खुवाएको पाइएको छ । एकातिर ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहारा पूर्णमात्रामा खुवाइएको छैन भने अर्कातिर नेपालमा ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई मात्रै पूर्ण रुपमा स्तनपान गराइएको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार ६ महिनासम्मका बालबालिकाहरूलाई पूर्ण रुपमा स्तनपान मात्र गराउनु पर्दछ ।

न्यूनतम स्वीकार्य आहार खुवाउने दर कम

नेपालमा ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहार खुवाउने दर कम रहेको पाइएको छ । सर्वेक्षण अनुसार यस उमेर समूहका बालबालिकालाई ५७ प्रतिशत बालबालिकाले न्यूनतम स्वीकार्य आहार पूर्णमा मात्रामा नखाएको पाइएको छ । शहरी क्षेत्रमा ४५ प्रतिशत र ग्रामीण भेगमा ३९ प्रतिशतले न्यूनतम आहार खुवाएको पाइएको छ ।

कति बालबालिका भिटामिन ‘ए’को पहुँचमा ?

बालबालिका लागि भिटामिन र खनिज (मिनरल) जस्ता सुक्ष्म पोषक आवश्यक हुन्छ । यस्तै, भिटामिन ‘ए’ ले अन्धोपन तथा संक्रमण हुनुबाट बचाउँछ । भिटामिन ‘ए’ बच्चाहरूका लागि निकै महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारले अभियानका रुपमा भिटामिन ‘ए’ कार्यक्रमलाई देशव्यापी रुपमा वडा तहका खोप केन्द्रहरूमा अभियानका रुपमा सञ्चालन गरे पनि अझै १५ प्रतिशत बालबालिका छुटेको पाइएको छ । ६–५९ महिना उमेर समूहका ८५ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ को परिपूरक पाएका छन् । यस्तै, ३४ प्रतिशत बालबालिकालाई सुक्ष्म पोषकयुक्त पाउडर जस्तै बालभिटा खुवाएको पाइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार गर्भवती महिलाले रक्तअल्पता तथा अन्य जटिलताबाट बच्न गर्भावस्थामा कम्तीमा ९० दिनसम्म आइरन चक्की खानु पर्दछ । सर्वेक्षण अनुसार समग्रमा १५–४९ वर्ष उमेर समूहका ८७ प्रतिशत महिलाले पछिल्लो गर्भावस्थामा कम्तीमा ९० दिनसम्म आइरन चक्की खाएको पाइएको छ । ६५ प्रतिशतले कम्तीमा १८० दिनसम्म आइरन चक्की खाएका थिए । यस्तै, सर्वेक्षण अनुसार ९९ प्रतिशत घरपरिवारमा परीक्षण गर्दा नेपालमा ९८ प्रतिशत घरपरिवारमा आयोडिन भएको नुनको प्रयोग गरेको पाइएको छ ।

क्यालोरी, फ्याट, प्रोटिन कति खानुपर्छ ?

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई स्तनपानले मात्रै पुग्छ । ६ महिनादेखि शिशुलाई लिटो, दाल, जाउलो, फलफूलको जुसजस्ता खानेकुरा खुवाउन सुरु गर्नुपर्छ । जसलाई सेमी सोलिड पनि भनिन्छ । एक वर्षसम्मको बच्चालाई ६८० क्यालोरी आवश्यक पर्छ । जसमा आमाको दुधबाट ३४० क्यालोरी प्राप्त गर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यस्तै, ६ देखि १ वर्षसम्म बालबालिकालाई १०.५ ग्राम, २५ ग्राम फ्याट र १ देखि ३ वर्षसम्मका बालबालिकालाई १२.५ ग्राम प्रोटिन आवश्यक पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र