१० श्रावण २०८२, शुक्रबार

साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान

१६ असार, काठमाडौं ।

गायिका एलिना चौहानले प्रहरीको साइबर ब्युरोका निवेदन दिएकी छन् । आफ्नो फेसबुक पेजमा असभ्य र आपत्तिजनक कमेन्ट गर्नेविरुद्ध एलिनाले सोमबार निवेदन दिएकी हुन् । उनले फेसबुकमा अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीका लागि माग गर्दै निवेदन दिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, ‘‘एलिनाको निवेदन दर्ता गरेर अनुसन्धान गर्दै छौँ ।’’

ब्युरो स्रोतका अनुसार, एलिनाले सोमबार दिएको निवेदनमा अमर्यादित कमेन्ट गर्ने चारजनाको नाम उल्लेख गरेकी छन् । उनीहरूले फेक एकाउन्टमार्फत कमेन्ट गरे वा वास्तविकमार्फत भन्ने विषयमा ब्युरोले अनुसन्धान थालेको छ । पछिल्लो समय गायिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्नेविरुद्ध आफैँले उनीहरूका तस्बिर र कमेन्ट समेत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?