पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !

सारांश

  •   शनिबार (भोलि) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रमको आयोजना गरेको छ।
  • उक्त कार्यक्रमलाई नेकपा (एमाले) को आन्तरिक पार्टी जीवनमा अर्थपूर्ण रूपमा हेरिँदैछ।
  • कारण, मदन भण्डारीपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन्!

१३ असार, काठमाडौं । 

शनिबार (भोलि) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमलाई नेकपा (एमाले) को आन्तरिक पार्टी जीवनमा अर्थपूर्ण रूपमा हेरिँदैछ। कारण, मदन भण्डारीपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन्! एमालेका स्थायी समिति सदस्य कर्ण बहादुर थापाका अनुसार उक्त कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किनेबारे बोल्ने गरी तयारी गरेकी छन्।

भण्डारीको तयारीबारे सोध्दा थापाले भने, ‘भोलि उहाँले एउटा स्पष्ट राजनीतिक सन्देश दिनुहुन्छ जस्तो लाग्छ मलाई। यो कुरा त्यति टाढा पनि छैन। भोलि उहाँले कुनै दुविधा नरहने गरी स्पष्ट पार्नुहुन्छ। त्यसैगरी तयारी गर्नुभएको छ।‘ थापाले भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेकाले पनि भोलि दुविधा नरहने गरी बोल्ने बताए। त्यसो त भण्डारी सक्रिय राजनीतिमा फर्किनु मात्रै त्यति चर्चाको विषय होइन तर, एमाले वृत्तमा चर्चा गर्नयोग्य विषय यो छ कि उनी सक्रिय राजनीतिमा फर्किएपछि पार्टी नेतृत्वमै पुग्ने गरी फर्किँदैछन्। यो चर्चा भण्डारी राष्ट्रपतिको पदबाट हटेसँगै सुरु भएको हो।

पछिल्लो समय यो झन्‌झन् ‘हट केक’ बन्दैछ। देशभित्र मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता बढाएकी भण्डारीले पछिल्लो पटक छिमेकी देश चीनको भ्रमणसमेत गरिन्। उनी निकट नेताहरूले भण्डारीले चीनबाट नेतृत्व र कम्युनिष्ट एकताका लागि ‘सद्भाव’ लिएर फर्किएको बताउने गरेका छन्। यही पृष्ठभूमिमा भोलि आयोजित मदन भण्डारी स्मृति दिवस कार्यक्रमलाई महत्त्वपूर्ण र अर्थपूर्णमा हेरिएको छ। पछिल्लो पटक प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष र भण्डारीबीच असार ५ गते साँझ भेटवार्ता भयो। उक्त भेटमा भण्डारीले ओलीलाई पार्टी नेतृत्वमा समर्थनका लागि आह्वान गरेकी थिइन्। ओलीको जवाफ स्पष्ट रूपमा सार्वजनिक भएको छैन। तर, ओलीले ‘आफू जवान नै भएको’, ‘अझै २० वर्ष नेतृत्वमा रहने सक्ने’ लगायतका अभिव्यक्ति दिँदै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : खड्का
केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : खड्का
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ