माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृ*त्यु
१२ असार, सुनसरी ।
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका- ७ बज्राह डेरा गरी बस्ने खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ घर भएका ३५ वर्षीय देवान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।
सोही ठाउँस्थित खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment