प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार

सारांश

  • प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् ।
  • उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।
  • एमालेका नेता/कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ ।

११ असार, काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेता/कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ । सोही अनुसार प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् ।

‘प्रधानमन्त्री भए बापत उहाँले मासिक २५ हजारका दरले लेबी बुझाउनुभयो,’ केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले भने । साथै, उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ । सोही अनुसार, अध्यक्ष ओलीले पनि बुधबार पार्टी सदस्यता र लेबी तिरेको उनको सचिवालयले जनाएको छ । जस अनुसार उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नर सिफारिस समितिको बैठक जारी, को को होलान् सिफारिस ?
गभर्नर सिफारिस समितिको बैठक जारी, को को होलान् सिफारिस ?
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...