एमाले सचिवालय बैठक सुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
१९ पटक हेरिएको
Shares
एमाले सचिवालय बैठक सुरू

सारांश

  •   नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
  • पार्टी कार्यालय च्यासलमा पार्टीको सचिवालय बैठक सुरू भएको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
  • एमाले केन्द्रीय कार्यालयका सचिव डा.

११ असार, काठमाडौं । 

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टीको सचिवालय बैठक सुरू भएको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ।

एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ। अधिवेशनले विधानलाई अद्यावधिक र आगामी संगठनात्मक कार्यदिशा तय गर्ने छ। यस अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म भएको थियो। दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ