स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
२० पटक हेरिएको
Shares
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा

सारांश

  • अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा एमालेका जनप्रतिनिधि अनुपस्थित भएका छन् ।
  • बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो ।
  • तर अध्यक्ष नमोनारायण माझीसँग रिसाएकी उपाध्यक्ष गुणवतीदेवी थारुसहित नेकपा एमालेका जनप्रतिनिधि सभामा सहभागी भएनन् ।

१० असार, मोरङ ।

अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा एमालेका जनप्रतिनिधि अनुपस्थित भएका छन् । बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो । तर अध्यक्ष नमोनारायण माझीसँग रिसाएकी उपाध्यक्ष गुणवतीदेवी थारुसहित नेकपा एमालेका जनप्रतिनिधि सभामा सहभागी भएनन् । एमालेको अनुपस्थितीमा बजेट ल्याएको ग्रामथान गाउँपालिका– ३ का वडा अध्यक्ष रमेशकुमार भगतले जानकारी दिए । भगत माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने कुनै प्रतिकिया दिन मानेनन् ।

सोमबार पनि उच्च अदालत विराटनगरले अध्यक्षको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अध्यक्ष माझीले गत जेठ १ गते कार्यपालिकाको बैठक ११ वटा निर्णय गरी कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएपछि उपाध्यक्ष गुणावती देवी थारुले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् । सोमबार दुवै पक्षको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय विमल सुवेदी र कृपासुर कार्कीको इजलासले अध्यक्ष माझीले गरेको निर्णय रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

जेठ १ मा गाउँ कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि अध्यक्ष माझीले बैठक छाडेर बाहिरिएका थिए । अध्यक्ष हिँडेका कारण उपाध्यक्ष थारूसहित कार्यपालिकाका अन्य सदस्यहरूले निर्णय पुस्तिकामा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ लेखेर हस्ताक्षर गरेका थिए । सोही बैठकको दोस्रो सत्रको उपस्थिति देखाएर ११ वटा निर्णय गरेको भन्दै गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारू अदालत गएकी थिइन् । आन्तरिक विवादका कारण पटकपटक गाउँपालिकाको मुद्दा अदालत पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ