हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक

सारांश

  • हरिपूर्वा, असार ८ – हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा तथा नवौं बजेट अधिवेशन सोमबार सम्पन्न भएको छ।
  • अधिवेशनमा नगर प्रमुख विनोद साहले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६२ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो।
  • नगरसभामा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नगर प्रमुख विनोद साह, उपप्रमुख सुमिन्त्रा देवी ग्वारिन, प्रमुख प्रशासकीय अधिकृत सिकन्द्र, सुरक्ष निकायका प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

९ असार, सर्लाही ।

हरिपूर्वा, असार ८ – हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा तथा नवौं बजेट अधिवेशन सोमबार सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुख विनोद साहले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६२ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो।

नगरसभामा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नगर प्रमुख विनोद साह, उपप्रमुख सुमिन्त्रा देवी ग्वारिन, प्रमुख प्रशासकीय अधिकृत सिकन्द्र, सुरक्ष निकायका प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रस्तुत बजेट अनुसार पूँजीगत खर्चका लागि ३९ करोड २५ लाख रुपैयाँ र चालु खर्चका लागि २२ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोतमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानी समावेश गरिएको नगर प्रमुख साहले जानकारी दिनुभयो। नगर प्रमुख साहले नीति तथा कार्यक्रममा पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय, सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। साथै, नगरको समग्र विकासका लागि सबै तहका सरोकारवालाहरूको रचनात्मक सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नगरसभा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ
चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि, नेपालले बंगलादेशसँग खेल्दै
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला
जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता