१५ असार २०८२, आईतवार

हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक

९ असार, सर्लाही ।

हरिपूर्वा, असार ८ – हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा तथा नवौं बजेट अधिवेशन सोमबार सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुख विनोद साहले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६२ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो।

नगरसभामा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नगर प्रमुख विनोद साह, उपप्रमुख सुमिन्त्रा देवी ग्वारिन, प्रमुख प्रशासकीय अधिकृत सिकन्द्र, सुरक्ष निकायका प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रस्तुत बजेट अनुसार पूँजीगत खर्चका लागि ३९ करोड २५ लाख रुपैयाँ र चालु खर्चका लागि २२ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोतमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानी समावेश गरिएको नगर प्रमुख साहले जानकारी दिनुभयो। नगर प्रमुख साहले नीति तथा कार्यक्रममा पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय, सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। साथै, नगरको समग्र विकासका लागि सबै तहका सरोकारवालाहरूको रचनात्मक सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नगरसभा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment