सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध खोल्ने गरी सत्तापक्षसँग भएको २ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
  • नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गरे ।
  • एकातिर सहमति कार्यान्वयनमा बिलम्ब हुने र अर्कोतिर प्रतिनिधि सभामा अन्य प्रतिपक्षी दलको अवरोध जारी रहने अवस्था उचित नरहेको भन्दै पाण्डेले सरकारको ध्यनाकर्षण गरे।

८ असार, काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध खोल्ने गरी सत्तापक्षसँग भएको २ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गरे । एकातिर सहमति कार्यान्वयनमा बिलम्ब हुने र अर्कोतिर प्रतिनिधि सभामा अन्य प्रतिपक्षी दलको अवरोध जारी रहने अवस्था उचित नरहेको भन्दै पाण्डेले सरकारको ध्यनाकर्षण गरे।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसामा जानेसँग अपारर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको भनेर जेठ १३ गतेदेखि उठिरहेको बताए । यो राष्ट्रिय समस्या भएको र आम जनताको समेत चासो रहेको उल्लेख गर्दै उनले भने, ‘अविलम्ब छानबिन समिति बनोस् जो सरकारले एक महिनाभित्र हामी गर्छौं भनेर गृहमन्त्रीले रोष्ट्रमबाट बोल्नुभएको छ त्यो गर्नका लागि अनुरोध गर्न चाहन्छु ।’जेठ ३० गते प्रमसख प्रतिपक्षी माओवादीसँग सत्तापक्षले संसद्को अवरोध खोल्ने गरी २ बुँदे सहमति गरेको थियो । उक्त सहमतिसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसद्को कामकारबाहीमा सरिक भएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्‌मा अवरोध कायमै राखेका छन् । राप्रपाले सदनको कामकारबाही बहिष्कार गर्दै आएको छ भने रास्वपाले वेल घेराउ गर्दै आएको छ ।

माओवादीसँग सत्तापक्षले गरेको सहमतिको पहिलो बुँदामा भिजिट भिसामा हुने अनियमितता र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सरकारले आवश्यक सहयोग गर्ने भनिएको छ । दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिवद्धता छ । छानबिन पश्चात नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यक्त गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको छ । सम्झौतामा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । तर, उक्त सहमति कार्यान्वयनमा ढिलाइ भएको भनेर पाण्डेले खबरदारी गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
सभामुख घिमिरे आज कम्बोडिया जाँदै