Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या

सारांश

  • कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको छ ।
  • प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए ।

७ असार, धनगढी ।

कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको छ । प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् ।

भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा उनी फेला परेका छन् । नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् । उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो । प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लगाउन सकेको थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए । उनले जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको तथ्य उजागर गरेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु
नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
सिरहामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते
सिरहामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स
एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान