अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान

सारांश

  • मौसम झा जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ ।
  • सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो ।
  • यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् ।

जनकपुरधाम । मौसम झा

जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ ।

सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो ।

यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले आरोप लगाए ।

‘स्टाफको बच्चालाई एडिमिशन लिँदैनन्,’लेखापालको कुरा उदृत गर्दै उनले भने,‘जब सम्म यहाँ काम गर्छौ तब सम्म यहाँ तिम्रो छोराको भर्ना हुँदैनन् । एक पटकमा कुरा बुझ्दैनौं ।’ जागिर छोडेर गएपछि मात्रै एडमिशन लिने लेखापाल यादवको भनाई छ ।

लेखापालको कुरा चित्त नबुझेपछि उनले विद्यालयका सञ्चालक पंकज जलानसंग पनि भेटेर छोराको भर्ना लिन गुहार गरे । ‘मैले उहाँलाई आदरपुर्वक यहाँ नै भर्ना गर्दिन अनुनय गरे,’सोमनाथले सञ्चालक जलानसंगको कुराकानी सुनाउँदै भने,‘तर, उहाँहरु मान्नु भएन । र, शिक्षाको मन्दिर जस्तो ठाउँमा विभेद ग¥यो ।’

https://press4k.com/

यस विषयमा सञ्चालक जलानले पनि राजधानी जनकपुरसंग कुराकानी गर्दै भर्ना नलिएको कुरा स्वीकार गरे । उनले स्टाफको बच्चा पढाउँदा काम गर्न कठिनाई भएको बहाना बनाउँदै पञ्छिन खोजे । तर, त्यही अन्य शिक्षकको बालकालिका पढिरहेको विषयमा उनले यो रुल्स चार वर्षदेखि मात्रै लागु भएको बताए ।

‘हामीलाई वर्किङमा समस्या आएपछि चार वर्षअघि स्टाफको बच्चालाई नपढाउने निर्णय गरेका छौं,’जलानले भने,‘त्यसअघि भर्ना भएको स्टाफको बालबालिका अझै पढ्दै छन् । हामीले नयाँ भर्ना लिएका छैनौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
आज मदन आश्रित स्मृति दिवस : देशभर एमालेकाे कार्यक्रम
आज मदन आश्रित स्मृति दिवस : देशभर एमालेकाे कार्यक्रम
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल