न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
सारांश
- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्।
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
- भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको स्पष्ट पारेका छन्।
९ असोज, काठमाडौं ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको स्पष्ट पारेका छन्। ‘आज संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहसँगको भेटमा मैले प्रभावितहरूप्रति अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेँ र हालसम्म अस्ट्रेलियाले गरिरहेको सहायता प्रयासबारे विस्तृत जानकारी गराएँ,’ उनले भनेका छन्। बाढीमा परी केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री अल्बानिजले उनीहरूका परिवार र आफन्तजनप्रति आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरेका छन्। अत्यन्त आवश्यक परेको ठाउँमा सहयोग पुर्याउन अस्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्। महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग साइडलाइन भेटवार्ता सुरू गरेका छन् ।

प्रतिक्रिया