एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्यो ६ खेलाडी
७ असार, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ । सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।
रिटेन हुने खेलाडीमा ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो ।अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने सुदूरपश्चिमले रिलिज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment