आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना

सारांश

  • हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
  • भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

६ असार, काठमाडौं ।

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका भूभागहरूका थोरै स्थानहरूमा हवाहरिको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन
लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल