१५ असार २०८२, आईतवार

सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?

५ असार, काठमाडौं ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दलित समुदायमाथि हिंसा बढिरहँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले दलित समुदायमाथि अन्याय गरिरहेको बताएका हुन् । ‘यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार भइरहेको छ ।

’ डा. सिंहले भने, ‘महोत्तरीको रामगोपालपुरमा केही दिनअघि दलित महिलाकी एक महिलामाथि सामूहिक बलात्कार भयो । तर, अहिलेसम्म कारबाही भएन ।’ दलित यो देशको नागरिक होइन र उसले न्याय नपाउनु पर्ने भन्दै उनले सरकारसँग प्रश्न गरे । फरक प्रसंगमा उनले पैसा खाएर सवारीचालक इजाजतपत्र बाँडिएकाले दिनहुँ दुर्घटनाका घटना बढिरहेको बताए । ‘पैसा खाएर हातहातमा लाइसेन्स दिइएको छ । टिपर चलाउने अधिकांशको लाइसेन्स नक्कली छ । जसका कारण दिनहुँ दुर्घटनाको घटना बढिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment