घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ असार, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २२ सय २५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २२ सय रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment