अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
२ असार, झापा ।
मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्रामसहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान नगरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment