अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
२ असार, काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले संसद्मा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी चर्काएको छ। सोमबार (आज) आर्थिक वर्ष २०८२/०८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ।
त्यसका क्रममा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री पौडेल पोडियममा उभिएसँगै रास्वपा सांसदहरू नाराबाजी चर्काएका हुन्। उनीहरूले ‘जनता बेच्न पाइँदैन’, ‘गृहमन्त्री राजीनामा दे’लगायतका नाराबाजी गरिरहेका छन्। गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको रास्वपाले आजको सदनमा पनि नाराबाजी गरिरहेको हो। रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment