सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?

सारांश

  •   सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्दै गर्दा नियमापत्ति जनाएका छन्।
  • उनले बजेटमाथि छलफल हुँदै गर्दा कस्तो वातावरणमा हुनुपर्ने हो भन्ने आफूले नबुझेको बताएका हुन् ।
  • ‘हामी बजेटमाथिको छलफलमा छौँ,’ थापाले भने, ‘यो छलफलका क्रममा यो बैठक कसरी चल्ने हो ?

२ असार, काठमाडौं । 

सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्दै गर्दा नियमापत्ति जनाएका छन्। उनले बजेटमाथि छलफल हुँदै गर्दा कस्तो वातावरणमा हुनुपर्ने हो भन्ने आफूले नबुझेको बताएका हुन् । ‘हामी बजेटमाथिको छलफलमा छौँ,’ थापाले भने, ‘यो छलफलका क्रममा यो बैठक कसरी चल्ने हो ? कस्तो वातावरण बनाउनु पर्ने हो ?

हामी सबैले कस्तो मर्यादामा बैठक चलाउने हो ?’ उनले थपे, ‘हामी रत्नपार्कमा छौं कि ? कलंकीमा छौं कि ? पोखराको चिप्ले ढुंगामा छौँ कि ? मैले बुझ्न सकिनँ।’ उनको यो प्रश्नको जवाफ रास्वाप सांसदहरुले फर्काएका थिए। रास्वपा सांसदहरुले भनेका थिए– ‘हामी आन्दोलनमा छौं।’ त्यसपछि फेरि थापाले रास्वपा सांसदको आन्दोलनतिर कटाक्ष गर्दै भने, ‘मान्य सदस्यहरुका कुर्सी रोइराखेका छन्, कुर्सीले मान्य सदस्यलाई देख्न पाएका छैनन्।’ त्यसपछि सभामुख देवराज घिमिरेले थापालाई बस्न निर्देशन दिएका थिए। अनि, माओवादी सांसद बस्नेतले आफ्नो धारणा राख्ने कामलाई निरन्तरता दिएका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?