११ श्रावण २०८२, शनिबार

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड

३१ जेठ, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा कांग्रेससँग अग्नि सापकोटासँगको मुद्दा साटेको आरोप गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा अध्यक्ष दाहालले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । भिसिज भिसा काण्ड र अग्नि सापकोटाको कुनै साइनो नभएको उनको जिकिर छ । उनले बाहिर वाइयात कुराहरु प्रचार गरेको भन्दै गुनासो गरे । उनले भने,‘गृहमन्त्री रमेश लेखकले हिजो संसदमा केके बोल्नुभयो त्यसको जिम्मेवार उहाँ नै हो ।

हामीले भनेको के मात्रै हो भने छानविन हुनुपर्छ ।यो विषय गम्भीर छ। एउटा अहिलेको गृहमन्त्रीसँग मात्रै पनि सम्बन्धित छैन । यो विषय धेरै पहिलेदेखिकै अत्यन्तै सम्वेदनशील विषयको रुपमा छ । त्यसकारण सुशासनको निम्ति यसको छानविन हुनुपर्छ । गहिरो अध्ययन हुनुपर्यो, संरचना बन्नुपर्यो त्यो कुरामा सहमति भएपछि हामीले अहिलेको आवश्यकता अनुसार देशको निम्ति सहज गरेका हौं । अग्नि सापकोटासँग मुद्दा साट्नुभएको भन्ने आरोप विल्कुल गलत कुरा हो । वाइयात कुराहरु मानिसहरुले प्रचार गर्ने गरेका छन् त्यस्तो केही पनि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’उनले माओवादी थाङ्नामा नसुतेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?