कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

सारांश

  • कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका-१ राँकागाउँ नजिकै सुख्खा पहिरो जाँदा दिउँसोदेखि सवारीसाधन चल्न सकेका छैनन्।
  • दिउँसो सवा २ बजेतिर पहिरो खसेको हो ।
  • पहिरोका कारण सयभन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् ।

३० जेठ, कर्णाली ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका-१ राँकागाउँ नजिकै सुख्खा पहिरो जाँदा दिउँसोदेखि सवारीसाधन चल्न सकेका छैनन्। दिउँसो सवा २ बजेतिर पहिरो खसेको हो । पहिरोका कारण सयभन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरु पैदल हिँडेर गन्तव्यमा पुग्नु पर्ने अवस्था आएको पहिरो गएको स्थानबाट पत्रकार नेत्रबहादुर शाहीले बताए । उनका अनुसार एक्कासी सुख्खा पहिरो झरेको हो । २० देखि २५ मिटर लामो पहिरो खसेको छ ।

उनले भने, ‘पहिरो पन्छाउन काम अहिलेसम्म भइरहेको छ। स्थानीय प्रहरी प्रशासन र तातोपानी गाउँपालिकाबाट बाटो खुलाउन समन्वय भइसकेको छ ।’ कनकासुन्दरी गाउँपालिका-१ का यात्रु भिमबहादुर भण्डारीले छिटोभन्दा छिटो पहिरो हटाएर राजमार्ग खोल्न आग्रह गरेका छन्।ठुल्ठुला चट्टान खसेकोले सडक खुलाउन अझै समय लाग्ने देखिन्छ। पहिरोले मानवीय क्षति भएको छैन । तर यातायात सेवा ठप्प भएकोले जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पहिरो गएको स्थानमा नजिकैका प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको टोली खटिएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार सडक खुलाउन डोजरले निरन्तर काम गरिरहेको छ । सुर्खेत नेपालगन्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत, नेपालगन्ज जाने यात्रुहरु मर्कामा छन् । छोटो दुरीका सवारीसाधनहरु रोकिएको स्थानीयहरु बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति