११ चैत्र २०८२, बुधबार

एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग

२९ जेठ, काठमाडौं । 

जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी बरिष्ठ मौसमविद् शान्ति कडेलले बिहीबारबाट देशव्यापी रुपमा बर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिए ।

केहि दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताए। उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिए। कडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढि मापन हुने सम्भावना देखिएको उल्लेख गरे। उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने बताए।

Post Comment

छुटाउनुभयो कि ?