माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र दलालका लागि काम गरिरहेका बताएका छन्।
  • मुस्ताङ पुगेका प्रचण्डले पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीहरू भन्दा फरक रहेको जिकिर गरे।
  • उनले भने, ‘माओवादी अरूजस्तो पार्टी होइन।

२९ जेठ, मुस्ताङ ।

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र दलालका लागि काम गरिरहेका बताएका छन्। मुस्ताङ पुगेका प्रचण्डले पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीहरू भन्दा फरक रहेको जिकिर गरे। उनले भने, ‘माओवादी अरूजस्तो पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौँ। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।’

उनले माओवादी नेता तथा कार्यकर्ताहरूलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिए। उनले थपे, ‘हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ। मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो। विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ।’

माओवादीले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना बनाएको सुनाए। उनले भने, ‘हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ। जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ।’ मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
एमाले सचिवालयको बैठक जारी
एमाले सचिवालयको बैठक जारी
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग
बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो
बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो
सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा
सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा
रास्वपा सचिवालयको बैठक आज बस्दै
रास्वपा सचिवालयको बैठक आज बस्दै