तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
२९ जेठ, काठमाडौं ।
बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी उच्च मूल्यबाट प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १ सय ५० मा झरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment