अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो

२८ जेठ, काठमाडौं ।
अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ। यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो गोलीकाण्डको घटना भनिएको छ। यस घटनालाई लिएर अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ। पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिनेछ।

ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो र बन्दुकधारीले अन्ततः स्कूलको शौचालयमा आफैलाई गोली हानेपछि यस घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीले बताएअनुसार बन्दुकधारी विद्यालयको पूर्व विद्यार्थी थियो। ऊ लगभग २१ वर्षीय थियो। उसले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेको थियो। गृहमन्त्री गेरहार्ड कर्नरले भने, “यस आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केही गम्भीर घाइते छन्।” “आक्रमण भएको विद्यालय अर्को सूचना नभएसम्म बन्द रहनेछ,” अस्ट्रियाका शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भने।




Post Comment