डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट

सारांश

  • अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभर्सिटी भिसा (डिभी) मा त्यहाँ गएका व्यक्ति रहेको खुलेको छ ।
  • अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए ।
  • एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए ।

२६ जेठ, काठमाडौं ।

अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभर्सिटी भिसा (डिभी) मा त्यहाँ गएका व्यक्ति रहेको खुलेको छ । अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।

केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो । काठमाडौं आएपछि उनीसँग मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरूले समेत संक्षिप्त सोधपुछ गरेका थिए । ‘तर डीभी परेर गएको भनेपछि हाम्रो धेरै सरोकारको केश भएन’, एक अधिकारीले भने, ‘सामान्य विवरण टिपेर पठाइदिएका थियौं ।’अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना काठमाडौं आएका थिए । तीमध्ये ५ जना महिला थिए ।

उनीहरूलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो । ‘राति प्रहरीले उहाँहरूसँग सामान्य सोधपुछ गरेर सबैलाई छाडेको छ’। प्रहरीले उनीहरूसँग अवैध बाटोबाट अमेरिका पठाउने मानिसहरूबारे जानकारी लिन खोजेको थियो । तर, उनीहरुले प्रहरीसँग त्यति समन्वय नगरेको अधिकारीहरु बताउँछन् ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् । उनीहरूले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् ।

उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुने शृङ्खला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन
होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?