प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा

सारांश

  •   संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ।
  • नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।
  • आइतबार विपक्षी र सत्तापक्षबीच भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको विषयमा सहमति नजुट्दा बैठक दुईपटक सारिएको थियो।

२६ जेठ, काठमाडौं । 

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।

आइतबार विपक्षी र सत्तापक्षबीच भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको विषयमा सहमति नजुट्दा बैठक दुईपटक सारिएको थियो। साँझ एकछिन मात्र बसेको बैठक सोमबार दिउँसोसम्मका लागि स्थगित गरिएको हो। आजको बैठकअघि दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत
शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू
शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको  विवरण अनिवार्य, गलत भए कारबाही
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही
अवकाशपछि २ सचिव पद रिक्त, को-को भए बढुवा सिफारिस ?
अवकाशपछि २ सचिव पद रिक्त, को-को भए बढुवा सिफारिस ?
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ