सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
२५ जेठ, काठमाडौं ।
साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा अडिएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा अडिएको थियो। सो दिन ७ अर्ब ९७ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो।
यसदिन ३१३ स्क्रिप्सको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स र पियोर इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चिलिमे हाइड्रोपावर र छ्यांदी हाइड्रोपावरको सेयर ८:०१ /८:०१ अंकले बढ्दा हिमालयन पावरको ७.९५ प्रतिशतले बढ्यो। यसदिन ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। युनिभर्सल पावरले ६२ करोडको सेयर कारोबार गर्दा नगदी ग्रुपको ६१ करोड,बुटवल पावरको ४४ करोड र सानिमा माइ हाइड्रोपावरको ४४ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घटयो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। होटेल्स एण्ड टुरिजम र हाइड्रोपावरको उपसूचक सकारात्मक देखिएका हुन्।
Post Comment