दाङमा बस दुर्घटना : २ जनाको मृ*त्यु, ३५ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
दाङमा बस दुर्घटना : २ जनाको मृ*त्यु, ३५ घाइते

सारांश

  •    दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र भने ३५ जना घाइते भएका हुन्।
  •   दुर्घटनामा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी र शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिए।

२५ जेठ,  दाङ ।  

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र भने ३५ जना घाइते भएका हुन्।  दुर्घटनामा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी र शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिए।

दंगीशरन्को  गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुबाहक बस करिब सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?