सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
सारांश
- नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।
- यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

२५ जेठ, काठमाडौं ।
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबिच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया