लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

सारांश

  • स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।
  • खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।
  • नेपालले यस शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो ।

२५ जेठ, काठमाडौं ।

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले यस शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो ।

यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डाथि रोमाञ्चक एवम् कीर्तिमानी जित हासिल गरेको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । नेपाल जितकै लय निरन्तरता दिने लक्ष्यमा हुनेछ । नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित छ। ४ खेल जित्दा १ खेल नतिजाविहीन छ । यस शृंखलाअघि पछिल्लोपटक सन् २०२४ अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले स्क्टल्याण्डसँगको पहिलो खेल जित्दा अर्को खेल वर्षाले नतिजाविहीन भएको थियो ।

त्यसअघि नेपालले सन् २०२३ फेब्रुअरीमा कीर्तिपुरमा भएका दुवै खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसबेला नेपालले २ विकेट र ३ विकेट अन्तरको जित निकालेको थियो । गत सोमबारको सहित नेपाल र स्कटल्याण्डबीच हालसम्म ओडिआईमा भएका ९ खेलमध्ये ५ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा भएका दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन । यस शृंखलाका २ खेलमा जित निकालेपछि अंकतालिकामा नेपालको हाल १४ खेलबाट १० अंक छ र सातौं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने