Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ ।
  • प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो ।
  • जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

 २३ जेठ, स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका आठ जनामध्ये बैङ्किङ कसुरका चार, चेक अनादर तीन र कुटपिट एकजना रहेका छन् ।

पक्राउ परेका आठजना कसुरदारको २४ दिन कैद भुक्तान बाँकी रहेको छभने रु एक करोड ६१ लाख आठ हजार ४४२ जरिवाना असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बैङ्किङ कसुरमा पक्राउ पर्नेमा भीमबहादुर विश्वकर्माको २३ दिन कैद भुक्तान र रु ८० लाख जरिवाना रहेको छ । त्यसैगरी बैङ्किङ कसुरमै कमला केसीको रु ७९ लाख ८८ हजार, बैङ्किङ कसुरमै बत्ती विकको रु एक लाख र एक दिन कैद भुक्तान, बैङ्किङ कसुरमै शिवलाल लम्सालको रु १६ हजार ७५०, चेक अनादरमा झवनाथ भण्डारीको रु दुई हजार, चेक अनादरमै अमराज गुरुङको रु एक हजार, चेक अनादरमै गङ्गामाया गुरुङसेनीको रु ५८२ असुली गर्न बाँकी रहेको छ ।

त्यसैगरी कुटपिटमा ढालबहादुर सुनारको रु ११० असुली हुन बाँकी रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने कार्यका लागि जिल्लाबाट प्रहरी खटिएर पक्राउ गरेको हो । न्यायिक कारबाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चिततामा जोड दिएको उहाँले बताउनुभयो । जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेको मुद्दापश्चात् फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जरिवाना तथा कैद भुक्तानका लागि उपस्थित गराएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो नेप्से
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
दिनहुँ भूकम्प गइरहेको छ, सुरक्षितपूर्वक बस्नुहोला : प्रधानमन्त्री