२५ जेष्ठ २०८२, शनिबार

संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख

२३ जेठ, काठमाडौं । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनलाई सहज रुपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका छन्। विश्व वातावरण दिवसका सन्दर्भमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले सदन चल्न नसक्दा महत्वपूर्ण विधेयकहरू अघि बढ्न नसक्ने देखिएकाले सदनलाई सहज रुपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका हुन्।

उनले संसद् चल्न नसक्दा संघीय निजामती सेवा ऐन,विद्यालय शिक्षासम्बन्धी ऐनलगायत ऐन अड्किएर बसेको उल्लेख गरे। महत्वपूर्ण विधेयकहरूलाई अघि बढाउन तल्लीन रहेपनि अहिले संसद नै सञ्चालन हुन नसक्ने अवस्था उत्पन्न भएको उनले बताए। त्यस्तै सभामुख घिमिरेले जलवायु परिवर्तनको असरलाई न्यूनिकरणका लागि आवश्यक नीति निर्माण गर्दै विश्व जगतको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?